कुलोको विषयमा विवाद हुँदा गोली चल्यो, एक युवक पक्राउ – Janadesh Daily | ePaper

कुलोको विषयमा विवाद हुँदा गोली चल्यो, एक युवक पक्राउ


जनादेश, दाङ ।

दाङको तुल्सीपुरमा कुलोको विषयमा झगडा हुँदा एक युवकले गोली चलाएका छन् । तुल्सीपुर उपमहानगरपालिका ८ का पूर्णबहादुर वलीले कुलोको विषयमा विवाद भएपछि गोली चलाएको जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका वलीको साथबाट पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ । वलीले चलाएको गोली भने कसेलाई लागेको छैन । उनीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्