काठमाडौँ ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गर्नुभएको हो । गएको १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले खोप राख्ने भाँडोलाई पारी तारेको भिडियो हेरेपछि उहाँले प्रशंसा गर्नु भएको हो ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै उहाँले लेख्नु भएको छ, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, यो हाम्रो शक्ति र कर्तव्य हो ।’
उहाँले यस्ता हिरोहरु अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित भएका भन्दै यो न्याय नभएको बताउनु भएको छ । यस्तै, उहाँले समान रुपमा खोप वितरण गर्ने प्रयास गरिरहेको पनि बताउनु भएको छ ।
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021