माधव नेपाललाई भेटेपछि शंकर पोखरेलको स्ट्याटसः कार्यदलको तीन महिनाको प्रयास खेर गयो – Janadesh Daily | ePaper

माधव नेपाललाई भेटेपछि शंकर पोखरेलको स्ट्याटसः कार्यदलको तीन महिनाको प्रयास खेर गयो


जनादेश, काठमाडौँ ।

नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यदलको तीन महिनाको प्रयास खेर गएको टिप्पणी गरेका छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेटेपछि कार्यदल सदस्य समेत रहेका एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको सार्वजनिक गरेका छन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘माधव नपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’

पोखरेल पनि विवाद समाधान कार्यदलमा सदस्य थिए। कार्यदलले गएको असार २७ गते राति १० बुँदे सहमति जुटाएको थियो। जसलाई अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाइएको थियो भने १ साउनमा बसेको एमालेको स्थायी कमिटी बैठकले त्यसलाई ग्रहण गरेको थियो। तर, उक्त बैठकमा नेपाल पक्ष भने सहभागी थिएन।

आज कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेका थिए । १० बुँदे सहमतिका आधारमा पार्टी एकता कायम गर्ने प्रस्ताव नेपालले अश्वीकार गरेको भेटपछि अर्का एक नेताले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्