जनादेश, सल्यान ।
करेन्ट लागेर शारदा गाउँपालिका ७ बस्ने १४ बर्षिय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको छ ।
शारदा नगरपालिका ६ भट्टाचौरस्थित आँपको रुखमा चढेका बुढाथोकीलाई करेन्ट लागेपछि रुखबाट खसेका थिए । आँपको रुख नजिकै रहेको विद्युतीय तारबाट करेन्ट लागेर भुँइमा खसेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्मार्टमका लागी जिल्ला अस्पताल सल्यान पठाइएको छ ।