काँग्रेसद्वारा पार्टी सदस्यका लागि प्रशिक्षण पुस्तिका सार्वजनिक    – Janadesh Daily | ePaper

काँग्रेसद्वारा पार्टी सदस्यका लागि प्रशिक्षण पुस्तिका सार्वजनिक   


काठमाडौँ  ।
नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका तयार पारी प्रकाशनमा ल्याएको छ ।

हाल अनलाइन संस्करणमा सार्वजनिक भएको पुस्तिका छिट्टै छापा माध्यममार्फत पनि प्रकाशन गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।

पुस्तिकामा काँग्रेसको प्रारम्भ, यसका आदर्श, सिद्धान्त, नीति, र कार्यक्रम, पार्टीको इतिहास र योगदान, पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलब्धि, आर्थिक–सामाजिक नीतिलगायत विषयमा जानकारी रहेको प्रतिष्ठानले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्