काँग्रेसद्वारा प्रदेशसभा अवरुद्ध    – Janadesh Daily | ePaper

काँग्रेसद्वारा प्रदेशसभा अवरुद्ध   


जनादेश संवाददाता,

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ ।

काँग्रेसले प्रदेशसभामा दर्ता गराएको एक घर, एक पिसिआर, पिसिआरको दायरा बढाउनुपर्ने, कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवको व्यवस्थापन गर्नुपर्नेलगायतका विषय समेटिएको सङ्कल्प प्रस्ताव बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रदेशसभा अवरुद्ध गरेको हो ।

आज दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठकमा उक्त प्रस्ताव कार्यसूचीमा नसमेटिएपछि काँग्रेसका प्रदेशसभा सदस्यले उठेर अवरुद्ध गर्नुभएको थियो ।

आजकै लागि पछि पुनः ३ः०० बजेका लागि बोलाइएको बैठक पनि अवरुद्ध भएपछि मङ्गलबार २ः०० बजेसम्मका लागि स्थगन भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्