अनियमितता र बेथिति भन्दै नेपाल तरुण दलद्धारा बिरोध प्रदर्शन – Janadesh Daily | ePaper

अनियमितता र बेथिति भन्दै नेपाल तरुण दलद्धारा बिरोध प्रदर्शन


रेनुका गिरी,

बुटवल । तिलोत्तमा नगरपालिकामा अनियमितता र बेथिति भन्दै नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आज मणिग्राममा बिरोध प्रदर्शन गरेको छ ।

ऐन कानुन बिपरित बिभिन्न पदमा सल्लाहकार तथा कार्मचारी नियुक्त गरी जनताले तिरोको करको दुरुपयोग गरेको, ९ करोड बढीको बेरुजु रहेको, राजनीतिक प्रभाावका आधारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा मासेको, सार्वजनिक जग्गाको संरक्षण गर्न नसकेको भन्दै तरुण युवाहरुले नगरपालिका बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन ।

ऐन कानुन मिचेर नियुक्त गरीएका सल्लाहकार तथा अन्य पदहरु खारेज गर्नु पर्ने, बेरुजुको हिसाव किताव स्पष्ट पार्नु पर्ने, नगरपालिकाले नै बुद्धकालिन पोखरी मासेर भवन बनाइरहेकाले त्यस्ता कार्य तत्काल रोक्नु पर्ने तरुण दलले माग गरेको छ ।

तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले नगरपालिकाले कानुन बिपरित बिभिन्न पद सृजना गरी कार्यकर्ता भर्ती गरेर जनताले तिरेको करको दुरुपयोग गरीरहेको बताउनुभयो ।

तरुण दलले ६ लेन सडकको बिचमा राखीएका बुद्ध मुर्ती फोड्ने अपराधी पत्ता लगाई कारबाहीका लागि पहल गर्नु पर्ने माग पनि गरेको छ । विभिन्न नारा लेखिएका प्लेकार्ड सहित नगरपालिका अगाडी प्रदर्शन गरेका तरुण युवाहरुले ती प्लेकार्डहरु नगरपालिकाको गेटमा लगेर टासीदिएका छन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्