बिमला बन्धक प्रकरणः शंकर पोखरेलको कुतर्क, प्रधानमन्त्रीको नाम लिएर गगन थापाको गर्जन – Janadesh Daily | ePaper

बिमला बन्धक प्रकरणः शंकर पोखरेलको कुतर्क, प्रधानमन्त्रीको नाम लिएर गगन थापाको गर्जन


जनादेश अपडेट ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी दलले सांसद अपहरणको आरोप लगाएको भन्दै ‘असन्तुष्टि’ व्यक्त गरेका छन् । प्रदेशसभामा सांसदको संख्या कम हुनुमा ‘जिम्मेवार रहेको प्रतिपक्षले नै सांसद अपहरणको आरोप लगाएको भन्दै मुख्यमन्त्री पोखरेले त्यसबारे ‘इतिहासले उत्तर खोज्ने’ टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै पोखरेलले भनेका छन्, ‘दुईजना माननियलाई ‘फकाएर’ राजीनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासनुको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’ को आरोप पनि लगाएछ । ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्‍यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

तत्कालीन नेकपाबाट निर्वाचित भए पार्टी विघटन भएपछि माओवादी केन्द्र रोजेकी प्रदेशसभा सदस्य विमला खत्री ओलीले बिहीबार वक्तव्य जारी गर्दै आफूलाई अपहरण गरी मुख्यमन्त्री पोखरेलको निवासमा बन्धक बनाइएको आरोप लगाएकी थिइन् ।

प्रधानमन्त्रीलाई गगनले भनेः कारवाही गरियोस्

विमला खत्री वलीलाई ‘बन्धक’बनाउनेलाई कारबाही गर्न नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगमाग गरेका छन्।

‘लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले ‘आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको’ लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन,’ सांसद थापाले सामाजिक सञ्जालमार्फत माग गरेका छन्, ‘प्रधानमन्त्रीज्यू, यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस्।’

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्