माधवको पार्टीप्रति गोकुल बाँस्कोटाको व्यङ्ग्य, प्रचण्डको नाम लिएर लेखे यस्तो ट्वीट – Janadesh Daily | ePaper

माधवको पार्टीप्रति गोकुल बाँस्कोटाको व्यङ्ग्य, प्रचण्डको नाम लिएर लेखे यस्तो ट्वीट


जनादेश सोसल मिडिया वाच ।

नेकपा (एमाले) का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) लाई ‘पुलमुनीको खेत’ भन्दै व्यंग्य गरेका छन्।

पुलमुनीको खेतले कुनै उपलव्धी नदिने भन्दै उनले नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल चार महिनामै माओवादी केन्द्रमा विलिन हुने दाबी गरेका हुन्।

हिजो (बुधबार) एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले अबको चार महिनामै माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता हुने दावी गरेका थिए। त्यसप्रति संकेत गर्दै बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।

‘पुलमुनीको खेत कित्ता नम्बर १६६ वाला लालपुर्जे काका दंगदास भै’राथे। किन रै’छ भनेको त चार महिनामै प्रचण्डमै विलीन हुन रै छ,’ बाँस्कोटाले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हे! राम, राम, राम पुलमुनीको खेतमा न त बन्छ घर, न फल्छ धान, मकै। पसीना पानीमा, मल बीऊ बाढीमा हात मात्रै टाउकोमा!’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्