जनादेश संवाददाता
काठमाण्डौ । असारयताको बाढी र पहिरोका कारण देशभरका १ सय २९ स्थानका सडकमा क्षती पुगेको छ ।
सडक विभागका अनुसार असारयताको बाढी र पहिरोमा परी बिभिन्न राजमार्गका ठुलो क्षती पु¥याएको हो ।
क्षतीग्रस्त मध्ये ५७ सडक समान्य मर्मत पछि सञ्चालनमा आएको विभागले जनाएको छ । ४९ सडक एकतर्फी सञ्चालनमा आएका छन् भने २३ स्थानको सडक पूर्ण रुपमा अबरुद्ध भएको विभागको तथ्यङकमा उल्लेख छ ।
यता दाङको घोराही होलेरी सडक खण्डमा पटक पटक खस्ने पहिरोले यातायात सेवा प्रभावित भएको छ । त्यस्तै अमेलिया तुलसीपुर, घोराही मुर्कुटी, तुलसीपुर सल्यान सडक खण्डमा पनि बर्षापछिको पहिरो र हिलाम्यले यातायात सेवामा समस्या पार्ने गरेको छ ।