कैलाली।
कैलालीको जानकी गाउँपालिका–८ मा करेन्ट लागेर भगरैयाका ३५ वर्र्षीय युवक कालुराम डगौरा थारुको मृत्यु भएको छ ।
बुधबार लम्कीचुहा नगरपालिका–१ स्थित डल्फिन उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेको थारुको मृत्यु भएको हो । थारुको शव परीक्षणको लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।