रोयल च्यालेन्जर्स बैग्लोरको कप्तानी छोड्ने कोहलीको घोषणा – Janadesh Daily | ePaper

रोयल च्यालेन्जर्स बैग्लोरको कप्तानी छोड्ने कोहलीको घोषणा


जनादेश स्पोर्ट्स ।

भारतीय तथा आइपीएल टोली रोयल च्यालेन्जर्स बैग्लोरका कप्तान विराट कोहलीले इंन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को यो सिजनपछि टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्।

कोहलीले आइतबार यो सिजनको अन्त्यपछि टोलीको कप्तानी छाड्ने घोषणा गरेका हुन्।

कोहलीले केही दिनअघि टि–२० विश्वकपपछि टोलीको कप्तानी छाड्ने बताएका थिए। तर उनले एक दिवसीय र टेष्टको कप्तानी भने गर्नेछन्।

‘कप्तानको रुपमा बैग्लोरमा यो मेरो अन्तिम लेग हो। ३२ वर्षीय कोहलीले भने, ‘कामको बोझ कम गर्न मैले टि–२० को कप्तानी छाड्ने घोषणा गरेँ। म आफ्नो जिम्मेवारी पूरा गर्न अझै सक्षम हुन चाहान्छु।’

सन् २००८ बाट बैग्लोरमा जोडिएका कोहलीले सन् २०१३ बाट टोलीको कप्तानी सम्हालेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्