पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघ्यो – Janadesh Daily | ePaper

पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघ्यो


लिमा ।

पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघेको बुधबार जनाइएको छ ।पेरुमा गत छ हप्ता भन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ ।

पेरुमा राष्ट्रव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमणको कारण १९ हजार व्यक्तिको मृत्यु भइसकेको छ । ल्याटिन अमेरिकी देश ब्राजिल र मेक्सिकोपछि कोभिड १९ को सङ्क्रमितको संख्या पेरुमा बढी रहेको छ ।

गत २४ घण्टामा पेरुमा कोरोना भाइरस सङ्क्रमणको कारण २०४ व्यक्तिको मृत्यु भएको र पाँच हजार ६७८ व्यक्तिको थप सङ्क्रमित भएका छन् । यो संख्या गत जुन १२ पछिको सवभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

पेरुले राजधानी लिमालगायत देशका कैयौ क्षेत्रहरूमा गत जुलाई १ देखि राष्ट्रव्यापी लकडाउन हटाइएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्