चीनको न्यालम कन्ट्री सरकारले स्वास्थ्य सामग्री सहयोग गर्ने – Janadesh Daily | ePaper

चीनको न्यालम कन्ट्री सरकारले स्वास्थ्य सामग्री सहयोग गर्ने


जनादेश संवाददाता, 

चीनले दियो सिन्धुपाल्चोकलाई एक ...
चीनको न्यालम कन्ट्री सरकारले सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

केही दिनअघि दुई देशबीच सम्पन्न सीमा सुरक्षा बैठकमा नेपालमा अझै कोरोना भाइरस नियन्त्रणमा नआएकाले स्वास्थ्य सामग्री प्रदान गर्ने जानकारी दिएको थियो ।

यसअघि झण्डै रु एक करोड बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान प्राप्त गरेको थियो । सीमावर्ती भोटेकोशी गाउँपालिकालाई समेत न्यालम सरकारको तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

बाढीपहिरो पीडितका लागि चीन सरकारले खाद्यान्न, टेन्टलगायत अन्य आवश्यक सामग्रीसमेत सिन्धुपाल्चोकलाई दिने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यालम सरकारले आज एन–९५ मास्क एक हजार थान र डिस्पोजएबल मेडिकल मास्क १०० थानलगायतका नौ प्रकारका स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्