जनादेश सोसल मिडिया वाच ।
नागरिक अभियन्तासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले गठबन्धन दलले तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको विषयमा कवितात्मक शैलीका कटाक्ष गरेका छन्।
उनले गठबन्धनलाई गुटगत र व्यक्तिगत स्वार्थमा अल्झिएको आरोप लगाउँदै सरकारको नेतृत्व गरेको तीन महिनापछि बल मन्त्रिपरिषद् विस्तार गर्नु लाजको पसारो भएको टिप्पणी गरेका हुन्। र, यस्तो पत्रु समाचारलाई बिनाटिप्पणी प्रकाशन गर्ने सञ्चारमाध्यम अर्काे लाजको पात्र भएको उनको कटाक्ष छ। जसलाई उनले कवितातक शैलीमा लेखेका छन्।
शुक्रबार बिहानै उनले लेखेका कटाक्षपूर्ण पंक्ति यस्ता छन्–
चुत्थो गुटस्वार्थ र व्यक्तिस्वार्थको जन्जालमा अल्झिएको गठबन्धनद्वारा तीन महिनापछि मन्त्रपरिषद् विस्तार लाजको पसारो!
थोत्रिएर, खिया लागेर पत्रु भएको यो समाचार बिनाटिप्पणी छाप्ने मिडियाको चरित्र अर्को लाजको पसारो!
अहो! जस्तो गठबन्धन उस्तै मिडिया भन्न मलाई कति गाह्रो!
चुत्थाे गुटस्वार्थ र व्यक्तिस्वार्थकाे जन्जालमा अल्झिएकाे गठबन्धनद्वारा तीन महिनापछि मन्त्रपरिषद् विस्तार लाजकाे पसाराे।थाेत्रिएर,खिया लागेर पत्रु भएकाे याे समाचार बिना टिप्पणी छाप्ने मिडियाकाे चरित्र अर्काे लाजकाे पसाराे। अहाे!जस्ताे गठबन्धन उस्तै मिडिया भन्न मलाई कति गाह्राे!
— Khagendra Sangroula (@belakoboli) October 8, 2021