जनादेश वाच ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।
उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२३ सम्म रहनेछ ।
यस सञ्जालको बोर्डमा १ सय ४० भन्दा बढी देशका सांसद हुन्छन् । ती सदस्यहरूसँग दुई वर्षसम्म समावेशी विकासका लागि काम गर्न आफू उत्साहित रहेको नेता थापाले बताएका छन् ।
वर्ष २०२१-२०२३ का लागि The Parliamentary Network on the World Bank and IMF को बोर्ड मेम्बरका रुपमा निर्वाचित भएको कुरा जानकारी गराउन पाउँदा खुशी लागेको छ।यस नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका सांसदहरूसंगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न उत्साहित छु। pic.twitter.com/TiOoKLHT1W
— Gagan Thapa (@thapagk) October 20, 2021