काठमाडौँ,
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवका आयोजना र सरकारका कार्यक्रमको कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउन मन्त्रालय र मातहतका अङ्गलाई निर्देशन दिएकाछन् ।
रक्षा मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा हिजो मन्त्री पोखरेलले कुनै कार्यक्रमलाई एउटा मात्रै मन्त्रालयको काम ठानेर अर्काे मन्त्रालय र निकायले बुझ्न नहुने भन्दै समग्र राष्ट्र र सरकारको कामसँग सम्बन्धित विषयका रुपमा लिन आग्रह गरेकाछन् ।