६० लाख मात्रा फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय – Janadesh Daily | ePaper

६० लाख मात्रा फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय


काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको र यससम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको र कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गर्दै आएको बताउँदै प्रवक्ता डा पौडेलले आज विज्ञप्ति प्रकाशन गरेर खोप खरिद पक्रिया मन्त्रिपरिषद्मा नरोकिएको स्पष्ट गर्नुभएको छ ।

साथै सो विज्ञप्तिमा खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्