सप्तरी ।
सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनरूपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ।
तिमिल्सिनाको शुक्रबार बिहान काठमाडौंस्थित प्रहरी अस्पतालमा निधन भएको हो । यसअघि दुई पटक कोरोना संक्रमण भईसकेका उनको पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएको थियो । फोक्सोमा निमोपनिया भएसँगै उपचारमा रहेका उनको उपचारकै क्रममा निधन भएको हो ।