काठमाडौँ ।
अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीले युवा नेतृत्व पाएको छ । खल्तीकाे प्रमुख कार्यकारी अधिकृत (सिईओमा) २७ वर्षीय विनय खड्का नियुक्त भएसँगै खल्तीले युवा नेतृत्व पाएको हो ।
खड्काले बिहीबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । यसअघि उनी एनआईसी एसिया बैंकमा कार्यरत थिए।