काठमाडौँ ।
देशभर पछिल्लो २४ घण्टामा थप ३५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार १३४ पीसीआर परीक्षणमा ३५५ जनामा र एन्टिजेन विधिद्वारा १ हजार ९३२ परीक्षण हुँदा ४७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ पुगेको छ ।
यस्तै, सोही अवधिमा थप ३६९ जना संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ रहेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको मन्त्रालयले जनाएको छ ।