प्रचण्ड बिरामी, के भएको हो ? यसो भन्छ सचिवालय – Janadesh Daily | ePaper

प्रचण्ड बिरामी, के भएको हो ? यसो भन्छ सचिवालय


जनादेश, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका छन्।

अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी जाने कार्यक्रम स्थगित भएको छ। प्रचण्डअहिले मेडिसिटीमा चिकित्सकको निगरानीमा रहेको जानकारी सचिवालयले दिउको छ ।

शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड जाने कार्यतालिका थियो। प्रचण्ड नजाने भएपछि केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडकाले जानकारी दिए।

रुघा खोकिसहितको समस्या देखिएपछि प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत सहभागी भएका थिएनन्। ‘पछिल्लो समयको धपेडीका कारण होला स्वास्थ्यमा केही समस्या देखिएको छ। उहाँ अहिले आराम गरिरहनु भएको छ,’ माओवादी केन्द्रका एक नेताले भने।

प्रचण्डको रक्तचाप बढेको उनले बताए। शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्