दिल्लीको प्रदूषण नाजुक अवस्थामा, तिहारको पटकाले झन खतरापूर्ण – Janadesh Daily | ePaper

दिल्लीको प्रदूषण नाजुक अवस्थामा, तिहारको पटकाले झन खतरापूर्ण


नयाँदिल्ली ।

भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् ।

भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकताम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढीरहेको छ ।

वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् । तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्