ट्वीटरका सिईओ ज्याक डोर्सेले दिए राजीनामा, नयाँ सीईओमा भारतका अग्रवाल – Janadesh Daily | ePaper

ट्वीटरका सिईओ ज्याक डोर्सेले दिए राजीनामा, नयाँ सीईओमा भारतका अग्रवाल


एजेन्सी ।

अहिलेको युवापुस्ता माझ लोकप्रिय बनेको सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कम्पनीबाट राजीनामा दिएका छन् ।

सन् २०१५ देखि ट्वीटरको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत डोर्सेले राजीनामा दिएसँगै कम्पनीका सिटिओ पराग अग्रवाल सो कार्यभार सम्हाल्ने भएका छन् । डोर्सेले राजीनामा दिँदै संस्थापक बाहेकका मान्छेले पनि कम्पनी राम्ररी चलाउन सक्ने अवस्थामा पुगेकाको बताएका छन् ।

डोर्सेले वर्षौदेखि सोही कम्पनीमा कार्यरत भारतीय मुलका अग्रवालले कम्पनी सम्हाल्न सक्ने विश्वास रहेको बताएका छन् । अग्रवालले पनि डार्सेका कुरामा सहमति जनाउँदै कम्पनीको आगामी उन्नतिका लागि आफू प्रतिबद्ध रहेको जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्