जनादेश, काठमाण्डौ । भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ। कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको भारत सरकारले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले भारतमा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि गरे।
गएराति ओमिक्रोन भेरियन्टका दुई संक्रमण कर्नाटकमा देखिएको उनले बताए। उनका अनुसार ६६ वर्ष र ४६ वर्षका दुईजनामा यस्तो संक्रमण देखिएको हो। उनीहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर परीक्षण गर्ने काम भइरहेको छ। संक्रमण देखिएका दुईजना नै दक्षिण अफ्रिकाबाट आएका थिए। उनीहरूमा कोरोनाको सामान्य लक्षण छ।