काठमाडौँ ।
बालाचर्तुदशी पर्वका अवसरमा पशुपतिनाथसहित देशका विभिन्न शिवमन्दिरमा शतबीज छर्ने भक्तजनको घुईँचो लागेको छ ।
रातभर दियो बालेर जाग्राम बसी आज बिहान स्नान गरेर शतबीज छरिएको हो। १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा सतबीज छर्ने गरिन्छ ।
पशुपतिमा आएका भक्तजनले बिहिबार बेलुकी पितृका नाममा बालेको बत्ती शुक्रबार बिहानै बागमतीमा सेलाएका छन् ।