अध्यक्षमा दोहोरिएका ओलीलाई भीम रावलको पहिलो काउन्टर, तँ रोए जस्तो गर भने झैं – Janadesh Daily | ePaper

अध्यक्षमा दोहोरिएका ओलीलाई भीम रावलको पहिलो काउन्टर, तँ रोए जस्तो गर भने झैं


जनादेश वाच ।
एमाले नेता भीम रावलले निरन्तर संसद अवरुद्ध पार्ने पार्टी नीतिको विरोध गरेका छन्।

एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि भदौ २३ गते सुरु भएको संसद अविधेशन एमालेको अवरोधकै कारण अधिवेशन नै अन्त्य भएको थियो। सरकारले फेरि मंसिर २८ गतेदेखि अधिवेशन बोलाएको छ।

त्यो अधिवेशनमा पनि सदन अवरुद्ध पार्ने चेतावी अध्यक्ष केपी शर्मा ओलीले दिएका छन्। तर नेता रावल भने त्यसको विपक्षमा उभिएका हुन्। निरन्तर संसद अवरुद्ध पार्दा जनताका आवाज अवरुद्ध हुने जिकिर गरेका छन्।

‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो। सरकारका सबै काम कारबाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ रावलले ट्वीरमार्फत अगाडि भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो। अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्