काठमाडौँ ।
पछिल्लो २४ घण्टामा देशभर थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा ३२९ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थप दुई जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५४९ पुगेको छ ।
हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।