करिब १५ लाख मात्रा मोडर्ना खोप काठमाडौं आइपुग्यो – Janadesh Daily | ePaper

करिब १५ लाख मात्रा मोडर्ना खोप काठमाडौं आइपुग्यो


जनादेश, काठमाडौं ।  कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त करिब १५ लाख मोडर्ना खोप आज काठमाडौं आइपुगेको छ ।

करिब १५ लाख मात्रा मोडर्ना खोप काठमाडौं आइपुग्यो

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले बिहीबार दिउँसो २ बजेर ३५ मिनेटमा १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप काठमाडौं आइपुगेको जानकारी दिनुभयो ।

त्यस्तै आगामी आइतबार १९ लाख ६५ हजार छ सय खोप काठमाडौं आइपुग्ने समेत थापाले जानकारी दिनुभयो ।

यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो । योसँगै नेपालले अहिलेसम्म दुई करोड ९४ लाख ५४ हजार १३० डोज खोप प्राप्ता गरिसकेको छ ।

मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९९ लाख पाँच हजार ५०१ मात्रा खोप लगाइएको छ । जसमध्ये एक करोड आठ लाख ४६ हजार ९१९ जनाले पहिलो मात्रा र ९० लाख ५८ हजार ५८२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १८ वर्ष वा सोभन्दा माथिका लक्षित जनसङ्ख्यामा ५४.४ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशत पूर्ण मात्रा खोप लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्