जनादेश, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विज्ञान तथा प्रविधि विभागको सपथ ग्रहण कार्यक्रम एवम् पहिलो बैठक पार्टीका स्थायी समिति सदस्य एवं पुर्व विज्ञान तथा प्रविधि मन्त्री कमरेड गणेश साहको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा विभागका ३३ जना सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।
विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्व विज्ञान तथा प्रविधि मन्त्रि गणेश शाहले शुभकामना मन्तव्य दिदै भन्नु भयो, “गरिवहरुका लागि विज्ञान र प्रविधि दुबै चाहिन्छ किनभने उनीहरुमा ज्ञान र प्रविधिको सधै अभाव हुन्छ र रहिरन्छ । त्यसलाई अब नेकपा माओवादी केन्द्रले आत्मसाथ गदै समाजका सबै क्षेत्रमा विज्ञान, सुचना तथा संचार प्रविधिको प्रयोग गरेर समाजको आमुल परिवर्तन गर्न सकिन्छ ।”
“हामी सबैले आ-आफ्नो क्षेत्रबाट विज्ञान तथा प्रविधिको क्षेत्रमा व्यावहारीक रुपमा सक्दो योगदान गर्न सक्यौ भने मात्र समाज रुपान्तरणमा हाम्रो देन रहनेछ । भोलीको समाजवाद कस्तो रहने भन्ने कुरा तपाई हाम्रो ज्ञान, सीप, व्यावहार, आचरण र अनुसाशनमा र्निभर रहनेछ,” विभागका प्रमख शाहले भन्नु भयो ।
विभागको पहिलो बैठकले विभागिय काम कारवाहीलाई चुस्तदुरुस्त र प्रभावकारी रुपमा अगाडि बढाउन सचिवालय गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी विभागीय संरचना र भावी कार्ययोजना तयार गर्ने जिम्मेवारी विभागका सदस्य डा. खेमराज जोशीलाई दिने निर्णय गरेको छ ।
विज्ञान तथा प्रविधि विभाग प्रदेश स्तरमासमेत गठन गर्ने, प्रदेश र स्थानिय तहहरुमा विभागअन्तर्गत गरिने कामकारवाहिलाई अगाडी बढाउन प्रदेश नं. १ बाट कमरेड राम कुमार गौतम, प्रदेश नं. २ बाट कमरेड डा. उमेश प्रसाद गुप्ता, बागमती प्रदेशबाट कमरेड देवेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशबाट कमरेड प्रा.डा. शोभाकान्त लामिछाने, लुम्बिनी प्रदेशबाट कमरेड माधव न्यौपाने, कर्णाली प्रदेशबाट कमरेड सोनालाल यादव र सूदुर पश्चिम प्रदेशबाट कमरेड डा. खेमराज जोशीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
वैठकले पार्टी सदस्यता दर्ता एवं नवीकरण सफ्टवेयर (Mirror) निर्माण तथा सञ्चालनको नेतृत्व गरिरहेका विज्ञान प्रविधि विभागका सदस्य कमरेड शिवहरि आचार्य, केन्द्रीय कार्यालयका सूचना प्रविधि शाखा प्रमुख एवं विज्ञान तथा प्रविधि विभागका सदस्य शिव खकुरेल र पार्टीको वेवसाइट निर्माण तथा सञ्चालनमा समन्वय गरिरहेका विज्ञान तथा प्रविधि विभागका सदस्य द्रोण पराजुलीलाई धन्यवाद ज्ञापन गर्नुका साथै सक्रियतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन समेत दिएको छ ।
विभागको वैठकले पार्टीको आशन्न प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रविधिको प्रयोगलाई अधिकतम उपयोग गर्ने समेत निर्णय गरेको छ ।
बैठकले विभागको केन्द्रीय सचिवमा कमरेड आरके ढुंगानालाई सर्वसम्मत चयन गरेको छ ।