अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित – Janadesh Daily | ePaper

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित


सिन्हवा ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

सार्वजनिक सम्पर्कमा रहेका बेला उहाँ यही मंगलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँसँगै देशभरी झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए ।

प्रधानमन्त्री कोरिसनको कार्यालयले पनि उहाँलाई सङ्क्रमण भएको पुष्टि गरेको छ । कार्यालयले उहाँको सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न पनि आह्वान गरेको छ ।सिड्नीलगायतका सहरहरुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि सङ्क्रमण भएको हो ।

अष्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । अघिल्लो दिनभन्दा सङ्क्रमितको सङ्ख्या धेरै बढेको हो । अघिल्लो दिन ८०४ जना मात्रै नयाँ सङ्क्रमित थपिएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्