जनादेश सोसल मिडिया वाच।
एमालेले निरन्तर संसद अवरोध गरेपछि चौतर्फी विरोध भैरहेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् ।
पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भट्टराईको आरोप छ ।
‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो ? के यही हो उसको जबज ?’, भट्टराईको ट्वीटरमा आक्रोश पोखेका छन् ।
पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो? के यही हो उसको जबज? यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाॅच्छ? बढी उफ्रदा आफ्नै धोती फुस्कन्छ है!
— Baburam Bhattarai (@brb1954) December 21, 2021
यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बॉच्छ भन्ने प्रश्न पनि बाबुरामले गरेका छन् । यसअघि सभामुख अग्नि सापकोटाले पनि एमालेको दबाब अदलतमा विचाराधीन मुद्दाका विषयमा रहेको भन्दै असन्तुष्टि जनाएका थिए।