जनादेश, काठमाडौँ ।
सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।