जनादेश सोसल मिडिया वाच।
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने बताएका छन्। त्यसो नगर्दा उनीहरू सुशासन र कानुनका पक्षमा छन् भनेर पत्याउन नसकिने टिप्पणी पनि गरेका छन्।
‘प्रम र मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्थाको पालना नगर्नेहरूले सुशासन र कानुनको मर्यादाका लागि काम गर्छौं भन्दा जनताले कसरी पत्याउने’, रावलले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विधि र पद्धतिको पालना गर्नु तथा देश र जनताप्रति जिम्मेवार हुनु सरकारको कर्तव्य हो भन्ने स्वयं प्रस्ट छ।’
प्रमं र मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्थाको पालना नगर्नेहरूले सुशासन र कानूनको मर्यादाका लागि काम गर्छौं भन्दा जनताले कसरी पत्याउने? विधि र पद्धतिको पालना गर्नु तथा देश र जनताप्रति जिम्मेवार हुनु सरकारको कर्तव्य हो भन्ने स्वयं प्रष्ट छ।
— Dr. Bhim Rawal (@BhimRawal179) January 10, 2022