जनादेश, काठमाडौँ ।
मन्त्रिपरिषद बैठकले नयाँ भेरियन्ट ओमिक्रोन तेस्रो लहर रोकथाम सम्वन्धी आदेश २०७८ जारी गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै ओमिक्रोन तेस्रो लहर रोकथाम सम्वन्धी आदेश २०७८ जारी गरेको जानकारी दिए । जसअनुसार सबै प्रकारका आमसभा, जुलुस माघ मसान्तसम्म सञ्चालन नगर्ने, सिनेमाहल, दोहोरी, जिम कारखाना, क्लव माघ १५ गतेसम्म सञ्चालन नगर्न निर्देशन दिएको हो ।
त्यस्तै विश्वविद्यालय, कलेज माघ १५ गतेसम्म भौतिक रुपमा सञ्चालन नगर्ने यसको सट्टा वैकल्पिक वा भर्चुअच माध्यममबाट सञ्चालन गर्न सबैमा अनुरोध गरेको हो । सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि सबैले सहयोग गर्न समेत आग्रह गरेको छ ।