जनादेश वाच।
आजदेखि सार्वजनिक स्थान वा सेवा लिन निस्कँदै हुनुहुन्छ भने खोप लगाएको कार्ड बोक्न नविर्सनु होला। आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्नेछ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।
गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।
सरकारले काठमाडौं उपत्यकामा आजबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्दै छ ।