बाबुराम भट्टराई र गोकुल बाँस्कोटाको जुहारीः हिटलरको नेपाली संस्करणबारे सवाल-जवाफ – Janadesh Daily | ePaper

बाबुराम भट्टराई र गोकुल बाँस्कोटाको जुहारीः हिटलरको नेपाली संस्करणबारे सवाल-जवाफ


जनादेश, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेलाइ नव फासीवादी भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराइले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गरिरहेको उल्लेख गरेका हुन् ।

अध्यक्ष भट्टराइले ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू कसरी लोकतन्त्रबादी हुन सक्छन् भन्ने प्रश्न गरेका छन् ।

अध्यक्ष भट्टराइले वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको भन्दै एमालेप्रति आक्रामक बनेका हुन् ।

ट्वीटरमा भट्टराइले तानाशाही हिट्लरले पनि मार्ग निर्देशक सिद्धान्त राष्ट्रिय समाजवाद भनेको र उनी पनि चुनावबाटै आएको भन्दै भट्टराइले हिटलरको बाटोसँग एमालेको राजनीति तुलना गरेका छन् ।

उता एमाले नेता गोकूल बाँस्कोटाले अध्यक्ष भट्टराइले ट्वीटरमै जवाफ फर्काउदै नागरिकलाइ घरभित्रै थुनेर जिउदै जलाउने र ४ बर्षीया बालिकालाइ बसभित्रै जलाएर मार्ने हत्याराले एमालेलाइ आरोप लगाउने भन्दै प्रश्न गरेका छन् ।

बाँस्कोटाले जसपाका नेतृ रेणु यादवको राजीनामा रोक्न सार्वजनिक धम्की दिएको भन्दै विदेशी एजेण्डा बोकेर उफ्रेर एमालेमा केही फरक नपर्ने टिप्पणी गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्