फेरि भेटियो कोरोनाको नयाँ भेरियन्ट, मृत्युदर उच्च – Janadesh Daily | ePaper

फेरि भेटियो कोरोनाको नयाँ भेरियन्ट, मृत्युदर उच्च


जनादेश, काठमाण्डौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले दक्षिण अफ्रिकामा भेटिएको नयाँ कोरोना भाइरस नियोकोभबारे अध्ययन भइरहेको जनाएको छ ।

चिनियाँ अनुसन्धानकर्ताले दक्षिण अफ्रिकाको चमेरोमा नयाँ कोरोना भाइरस नियोकोभ भेटिएको बताएपछि डब्लुएचओले त्यसबारे अध्ययन भइरहेको जनाएको हो । अहिले यो भाइरस जनावरमा तीव्र गतिमा फैलिरहेको जनाइएको छ ।

चिनियाँ अध्ययन अनुसार भविष्यमा यो भाइरस मानिसका लागि पनि खतरानाक हुन सक्ने छ । डब्लुएचओले नियोकोभ भाइरस पत्ता लगाएर सार्वजानिक गरेको भन्दै चिनियाँ अनुसन्धानकर्तालाइ धन्यवाद दिएको छ । भाइरस खतरानाक छ कि छैन भनेर थाहा पाउन थप अध्ययन आवश्यक रहेको पनि डब्लुएचओको भनाइ छ ।

डब्लुएचओले मानिसमा देखा पर्ने सबै संक्रामक रोगको ७५ प्रतिसत भन्दा बढि श्रोत जनावर भएको जनाएको छ । अध्ययन अनुसार नियोकोभ भाइरस पनि कोभिड नाइन्टिन भाइरस जस्तै मानव कोषमा रहन सक्ने र उत्परिवर्तन भए त्यो मानिसका लागि खतरानाक हुन सक्ने छ ।

अनुसन्धानकर्ताले यो भाइरस यस अघिको मर्स भाइरसँग मिल्दोजुल्दो रहेको बताएका छन् । सन् २ हजार १२मा साउदी अरबियामा भेटिएको मर्स मध्यपुर्वमा फैलिएको थियो । मृत्युदर उच्च रहेको उक्त भाइरसको संक्रमणबाट अहिले सम्म ८ सय भन्दा बढिको ज्यान गइसकेको छ । अनुसन्धानकर्ताले उपलब्ध कोरोना विरुद्धका खोप नियोकोभ भाइरसका लागि प्रभावकारी नहुन सक्ने बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्