देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा थप ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।