बाबुरामको लाइनः एमसीसी पारित पनि होस्, गठबन्धन पनि नटुटोस् – Janadesh Daily | ePaper

बाबुरामको लाइनः एमसीसी पारित पनि होस्, गठबन्धन पनि नटुटोस्


जनादेश सोसल मिडिया वाच
सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन्। अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने चेतावनी पनि दिएका छन्।

एमसीसी पारित नभए देश थप कंगाल हुने दाबी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भनेर सचेत पनि गराएका छन्।

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऊँ’, डा. भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्। देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्