भारतमा कोरोना भाइरसबाट दुई लाख सङ्क्रमित – Janadesh Daily | ePaper

भारतमा कोरोना भाइरसबाट दुई लाख सङ्क्रमित


भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ सङ्क्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि सङ्क्रमितावस्थामै रहेको जनाएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १३ लाख दुई हजार ४४० सङ्क्रमित भएका छन् । पछिल्लो एक दिनमा भारतमा ९५९ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कुल मृतकको सङ्ख्या चार लाख ९५ हजार ५० पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्