बाबुराम भर्सेज भीम रावलः पिएचडी होल्डरबीच वेइज्जतीपूर्ण दोहोरी – Janadesh Daily | ePaper

बाबुराम भर्सेज भीम रावलः पिएचडी होल्डरबीच वेइज्जतीपूर्ण दोहोरी


जनादेश सोसल मिडिया वाच।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र पूर्वमन्त्री तथा नेकपा एमालेका नेता डा.भीम रावलबीच एमसीसीका विषयमा सामाजिक सञ्जाल ट्वीटरमा सवाल-जवाफ भएको छ ।

नेताद्वय डा.भट्टराई र डा.रावलले सामाजिक सञ्चाल ट्वीटरमा एकअर्काले गरेको पिएचडीप्रति पनि व्यंग्य गरेका छन् । रावलले भट्टराई प्रधानमन्त्री भएको बेला गोप्य रूपमा एमसीसी सम्झौता गरेको बताएपछि त्यसको जवाफ माग्दै गोप्य रूपमा एमसीसी कहिले कसरी र कहाँ गरेको खुलाउनुपर्ने भट्टराईले बताएका थिए ।

भट्टराईले रावलले गरेको पिएचडीलाई व्यंग्य गर्दै कि यी नक्कली पिएचडी हुन भनेपछि रावलले पनि ट्वीटरमै भट्टराईलाई त्यसको जवाफ पर्काएका छन् । २०६८ सालमा भट्टराई प्रधानमन्त्री हुँदा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य आफूले उल्लेख गरेको रावलले दाबी गरेका छन् ।

तत्कालीन समयमा दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म नगराएको रावलकाे भनाइ छ । रावलले पनि भट्टराईको पिएचडीप्रति व्यंग्य गर्दै त्रिवि नभएर सीमापारी (भारत) का नक्कली पिएचडीको सधैं चर्चा हुने गरेको उल्लेख गरेका छन् ।

‘पीएचडी नक्कली सीमापारी हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न’, रावलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

भट्टराईले सोमबार साँझ गरेको उक्त व्यंग्यको जवाफ रावलले मंगलबार दिउँसो फर्काएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्