पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ३८६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ हजार ४४३ परीक्षणमा १ हजार १८३ र २ हजार ८०८ एन्टिजेन परीक्षणमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सोही अवधिमा थप ११ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ। पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ हजार ९५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।