पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०२२ जनामा पिसिआर परीक्षणबाट र ५४८ मा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।त्यस्तै, सोही अवधिमा थप ६ हजार १४६ जना संक्रमण मुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
हाल देशभर ४० हजार १११ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौँमा मात्रै ४३७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५०, ललितपुरमा ५९ र भक्तपुरमा २८ संक्रमित रहेका छन् ।