एमसिसी संसदमा पुगेपछि बाबुराम वाणीः शक्तिकेन्द्रहरूको दबाबमा होइन, राष्ट्रिय हितमा निर्णय गरौँ – Janadesh Daily | ePaper

एमसिसी संसदमा पुगेपछि बाबुराम वाणीः शक्तिकेन्द्रहरूको दबाबमा होइन, राष्ट्रिय हितमा निर्णय गरौँ


जनादेश सोसल मिडिया वाच।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभई एमसिसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन् ।

जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसिसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक रहेको बताएका छन् ।

भट्टराईले भनेका छन्, ‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसिसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौँ ! दलीय–गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन, सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौँ !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्