पछिल्लो २४ घन्टामा देशभर थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६९३ नमूना परीक्षणमा २५६ जनाको पीसीआर र ५६ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।त्यस्तै, सोही अवधिमा थप ९ सय ११ जना संक्रमण मुक्त भएका छन् भने दुईको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख ३५ हजार ७९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको मन्त्रालयले जनाएको छ ।