जनादेश अपडेट।
रात्रिकालीन व्यवसाय सञ्चालनमा गृहले तोक्दै आएको समय अब हटेको छ। स्थानीय प्रशासनले कहिले बेलुका १० त कहिले बिहान २ वजेसम्ममात्र डिस्को, लाउन्ज, दोहोरी र क्लबहरू खोल्ने अनुमति दिँदै आएको थियो।
गृहले बुधवारबाट रात्रिकालीन व्यवसाय २४ दसैँ घण्टा खोल्न दिन र सोही अनुसारको सुरक्षा प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ।
गृहले पत्रसँगै मनोरञ्जनात्मक व्यवसाय र होटलहरुले पालना गर्नुपर्ने संहिता समेत पठाएको छ। संहितामा सिपयुक्त नृत्य प्रदर्शन गर्नुपर्ने, अश्लीलता फैलाउन नहुने, श्रम कानुनको पालना, पब, लाउन्ज र लाइभ म्युजिकमा १८ वर्ष मुनीकालाई प्रवेश निषेध लगायत उल्लेख छ।
महामारी र विपद्को अवस्थामा बाहेक अन्य अवस्थामा २४ दसैँ घण्टा व्यवसाय सञ्चालन गर्न सकिने पत्रमा उल्लेख छ।
स्थानीय प्रशासनले समय तोकिदिएपछि व्यवसायीहरुले स्थानीय प्रहरीसँगको मिलेमतोमा तोकिएको समयपछि पनि बार तथा लाउन्जहरु सञ्चालन गर्ने गर्दै आएका थिए। रात्रीकालिन व्यवसायबाट हुने अतिरिक्त आम्दानीकै कारण दरवारमार्ग, सोर्हखुट्टे लगायतका बृत्तमा जान प्रहरीविच ठुलै प्रतिष्पर्धा हुने गरेको छ।