आलोचनाको असरः प्रकाश सपूतले गरे ‘पीर’को भिडियोको सम्पादन, विवादित दृश्य हटाइयो – Janadesh Daily | ePaper

आलोचनाको असरः प्रकाश सपूतले गरे ‘पीर’को भिडियोको सम्पादन, विवादित दृश्य हटाइयो


जनादेश अपडेट।

प्रकाश सपुतको गीत पीरको भिडियोबाट यौनकर्मी महिलाको दृश्य हटाइएको छ। उक्त दृश्य हटाएर पुनः सम्पादनपछिको भिडियो अपलोड गरिएको छ। गायक सपुतले प्रतीकात्मक रुपमा राखिएको उक्त दृश्यले एउटा समूहको आत्मसम्मानमा चोट पुगेको भन्दै दृश्य हटाइएको जनाएका छन्।

भिडियो पुनः सम्पादनपछि अपलोड गरिएको उनले फेसबुकमार्फत जनाएका छन्। एउटा सानो दृश्यले सम्पूर्ण भिडियोको सौन्दर्यलाई नै छायामा परेकाले सम्पादन गरिएको बताएका छन्।

उनले एक दृश्यका कारण अन्य विषय विषयान्तर भइरहने अवस्था आएकाले पुनः सम्पादन गर्नुपरेको स्पष्टीकरण समेत दिएका छन्।

सपुतको उक्त भिडियो सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) निकटका चार भातृ संगठनले आपत्ति जनाएका थिए। माओवादी जनयुद्धको दुष्प्रचार गरिएको भन्दै उक्त भिडियो युट्युबबाट हटाउन नै उनीहरुले माग गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्