डा.भट्टराईको चुनावबारे चिन्ताः ‘बिहा गर्ने हतपतमा केटी/केटा माग्नै बिर्स्यो’ – Janadesh Daily | ePaper

डा.भट्टराईको चुनावबारे चिन्ताः ‘बिहा गर्ने हतपतमा केटी/केटा माग्नै बिर्स्यो’


जनादेश सोसल मिडिया वाच।

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होड देश र जनताका मुद्दा हराउने जोखिम देखिएको टिप्पणी गरेका छन् ।

बिहीवार राति एक ट्वीट गर्दै डा. भट्टराईले राजनीति अब अंकगणित र द्रव्यमै सीमित रहने हो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘बिहा गर्ने हतपतमा केटी/केटा माग्नै बिर्स्यो भने झैं स्थानीय चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होडमा देश र जनताका मुद्दा पूरै हराउने जोखिम पो देखिँदैछ त ! राजनीति अब अंक गणित र द्रव्यमै सीमित रहने हो? उही पुराना सोच,आचार र अनुहार दोहोरिएर के फरक परिणाम आउला?हामी कता जाँदैछौं ?’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्