नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा गरेको रिले अनशन आज १५औँ दिनसम्म पनि जारी – Janadesh Daily | ePaper

नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा गरेको रिले अनशन आज १५औँ दिनसम्म पनि जारी


गण्डकी,

लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग राख्दै नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा गरेको रिले अनशन आज १५औँ दिनसम्म पनि जारी छ ।

दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै रिले अनशन गरिएको भए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको विद्यार्थी नेता प्रताप बानियाँले बताउनुभयो ।

विश्वविद्यालयमा पदाधिकारी नियुक्ति नगर्दा ४० हजार विद्यार्थीको भविष्य पनि अन्योलमा परेको उल्लेख गर्दै उहाँले जायज माग सहितको शान्तिपूर्ण आन्दोलनलाई बेवास्था गरिएको बताउनुभयो ।

अनशनको लामो समयसम्म पनि मागको सुनुवाइ नभएको भन्दै विद्यार्थीले आज ब्यङ्गात्मक रुपमा कुलपति र सहकुलपतिको तस्बीरमा पुष्पार्पण गर्दै विरोध जनाएका छन् ।

पदाधिकारी नियुक्ति नहुँदा विश्वविद्यालयका शैक्षिक गतिविधि प्रभावित बनिरहेको अवस्थामा जायज माग विद्यार्थी अनशनमा रहेको र नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले पनि शिक्षामन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराइसकेको सङ्घका केन्द्रीय महामन्त्री दीपक भट्टराईले बताउनुभयो ।

लामो समयसम्मको पदाधिकारी विहीन अवस्थामा सरकारले उदाशिनता देखाएको बताउँदै उहाँले तत्काल समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्